काठमाडौं । कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृतावस्थामा फेला पारिएको छ । सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृतावस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।
गएराति खाना खाएर सुतेका बोहरालाई काम(डिउटी)मा खटाउनका लागि बिहान ब्युझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताउनुभयो । अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गैसकेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ बैशाख २०७७, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु