काठमाडौं । कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृतावस्थामा फेला पारिएको छ । सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृतावस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।
गएराति खाना खाएर सुतेका बोहरालाई काम(डिउटी)मा खटाउनका लागि बिहान ब्युझाउने क्रममा मृत फेला पारिएको बस्नेतले बताउनुभयो । अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्रहरी कार्यालयमा खटाइएको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली त्यसतर्फ गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ बैशाख २०७७, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु