काठमाडौं । पाल्पामा अवैध औषधि बेचेकोे आरोपमा तीन जना पक्राउ परेका छन् । तानसेन नगरपालिका बर्तुङस्थित सरस्वती मेडिकलमा विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा गाँजा फेला परेपछि मेडिकलका सञ्चालक सरस्वती खनाल तथा उनका छोरा विवेक र प्रकाश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खनालको भान्साघरबाट तीन सय ग्राम गाँजा जस्तो देखिने वस्तु फेला परेको तथा छोराको कोठामा टिनको बाकसभित्र लुकाइछिपाई राखिएको ११ पोकाभित्र तीन हजार २९५ ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल ५० फेला परेकोे छ । फेला परेको क्याप्सुल औषधि भएको तर औषधि व्यवस्था विभागको स्वीकृतिमा मात्र प्रयोग गर्न पाइने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिनुभयो ।
फेला परेको औषधि लागुपदार्थका रुपमा प्रयोग हुने तथा अवैध बेचबिखन र ओसारपसार हुने भएकाले घरमै राखिएको सो औषधि के काममा प्रयोग भइरहेको छ भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शनिबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ बैशाख २०७७, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँको रानीबारीमा जुवातास खेलिरहेका ९ जना पक्राउ
झापा, सुनसरी र इलामबाट लागुऔषधसहित १७ जना पक्राउ
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ