दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक, लकडाउन एक साता थप्ने तयारी

आइतबार, १४ बैशाख २०७७, ०९ : ५२
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक, लकडाउन एक साता थप्ने तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९ं) को रोकथाम र नियन्त्रणका लागि सरकारले देशब्यापी लकडाउन गरिरहेको छ । चैत ११ यता निरन्तर जारी लकडाउन बीच बीचमा समय थप गर्दै भोलि वैशाख १५ गते मध्यरात १२ बजे सम्म कायम छ ।
तर अब लकडाउन के गर्ने ? थप गर्ने की कतै खुकुलो बनाउने या थप गर्दा कति समय थप गर्ने विषयमा निर्णय गर्नका लागि आज क्याबिनेट बैठक बस्दैछ । दिउँसो २ बजे प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक बालुवाटारमा बोलाएका छन् ।  शुक्रवबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई यसको तयारी गरी प्रस्ताव ल्याउन निर्देशन गरेको थियो । सोही अनुसार शनिबार दिउँसो उच्चस्तरीय समितिको बैठक बसेर एक साता लकडाउन थप गर्नुपर्ने प्रस्ताव साँझ प्रधानमन्त्री केपी ओलीसँग गरेको छ । 

उच्चस्तरीय समितिले बाह्य तथा आन्तरिक उडानहरु जेठ ३ गतेसम्म बन्द गर्ने, लकडाउनको थप मोडालिटी तय गर्न मुख्य सचिव नेतृत्वको सचिवहरु रहेको कार्यदललाई जिम्मा दिने र तत्कालका लागि भने एक साता लकडाउन थप गरेर जाने गरी निर्णय लिएको थियो ।

यसको अन्तिम निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकले लिने एक मन्त्रीले बताए ।  ‘दिउँसो २ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक आव्हान गर्नुभएको छ, त्यही यस विषयमा छलफल हुन्छ । सायद समितिले सिफारिस गरे अनुसार एक हप्ता लकडाउन थपिन्छ होला,’ ति मन्त्रीले सफलखवर स“ग भने ।