काठमाडौं । कोरोना भाइरस (कोभिड १९ं) को रोकथाम र नियन्त्रणका लागि सरकारले देशब्यापी लकडाउन गरिरहेको छ । चैत ११ यता निरन्तर जारी लकडाउन बीच बीचमा समय थप गर्दै भोलि वैशाख १५ गते मध्यरात १२ बजे सम्म कायम छ ।
तर अब लकडाउन के गर्ने ? थप गर्ने की कतै खुकुलो बनाउने या थप गर्दा कति समय थप गर्ने विषयमा निर्णय गर्नका लागि आज क्याबिनेट बैठक बस्दैछ । दिउँसो २ बजे प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक बालुवाटारमा बोलाएका छन् । शुक्रवबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई यसको तयारी गरी प्रस्ताव ल्याउन निर्देशन गरेको थियो । सोही अनुसार शनिबार दिउँसो उच्चस्तरीय समितिको बैठक बसेर एक साता लकडाउन थप गर्नुपर्ने प्रस्ताव साँझ प्रधानमन्त्री केपी ओलीसँग गरेको छ ।
उच्चस्तरीय समितिले बाह्य तथा आन्तरिक उडानहरु जेठ ३ गतेसम्म बन्द गर्ने, लकडाउनको थप मोडालिटी तय गर्न मुख्य सचिव नेतृत्वको सचिवहरु रहेको कार्यदललाई जिम्मा दिने र तत्कालका लागि भने एक साता लकडाउन थप गरेर जाने गरी निर्णय लिएको थियो ।
यसको अन्तिम निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकले लिने एक मन्त्रीले बताए । ‘दिउँसो २ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक आव्हान गर्नुभएको छ, त्यही यस विषयमा छलफल हुन्छ । सायद समितिले सिफारिस गरे अनुसार एक हप्ता लकडाउन थपिन्छ होला,’ ति मन्त्रीले सफलखवर स“ग भने ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक केहीबरेमा बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय
यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद् बैठक जारी