काठमाडौँ । जङ्गली जनावर मारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ लुङगुर्पाका हीराबहादुर गुरुङ र टपिन्द्रबहादुर गुरुङलाई जंगली जनावरको मासु र दुई थान भरुवा बन्दूकसमेत शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबीसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेको हो ।
उनीहरुका घरमा खानतलासी गर्दा मृग वा मृग जस्तै जंगली जनावरको मासु सुकाइराखिएको अवस्थामा फेला परेको र अनुसन्धानका लागि अभियुक्तलाई बाह्रबीसेको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ बैशाख २०७७, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ