काठमाडौँ । जङ्गली जनावर मारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ लुङगुर्पाका हीराबहादुर गुरुङ र टपिन्द्रबहादुर गुरुङलाई जंगली जनावरको मासु र दुई थान भरुवा बन्दूकसमेत शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबीसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेको हो ।
उनीहरुका घरमा खानतलासी गर्दा मृग वा मृग जस्तै जंगली जनावरको मासु सुकाइराखिएको अवस्थामा फेला परेको र अनुसन्धानका लागि अभियुक्तलाई बाह्रबीसेको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ बैशाख २०७७, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ