काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी पार्टी फुटाउन ल्याएको अध्यादेश असफल भएको छ । पार्टी फुटाउनकै लागि सरकारले गत सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।
तत्कालीन समाजवादी पार्टीका महासचिव रामसहाय यादवले प्रधानमन्त्रीको योजना फेल भएको बताए । समाजवादी पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सो कानुन खुकुलो बनाएको भए पनि अन्ततः योजना फेल भएको यादवले टिप्पणी गरे ।
‘हाम्रो पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धीको कानुन खुकुलो बनाउन अध्यादेश ल्याउने काम भएको थियो,’ यादवले भने, ‘तर त्यो अध्यादेश फुट्नुभन्दा एकीकरण गर्न सहयोग सिद्ध भएको छ ।’
सरकारले राजनीतिक दलसम्बन्धी कानुनमा संशोधन गर्दै पार्टी फुट्ने गरी अध्यादेश ल्याएको थियो । केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत संख्याको ठाउँमा दुवैमध्ये एकमा ४० प्रतिशत भए पनि नयाँ पार्टी गठन गर्न मिल्ने व्यवस्था अध्यादेशमार्फत सरकारले संशोधन गरेको थियो ।
पार्टी फुटाउनकै लागि प्रधानमन्त्री ओलीले आफ्ना सांसदको अपहरण गरेको आरोप समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले लगाइसकेका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग