काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवेदनशील हुन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “कुनै पनि भूमिकामा रहेका राज्यका पदाधिकारीले कुनै व्यक्ति माथि कानून विपरीत अमानवीय व्यवहार गर्न हुँदैन ।”
अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले बन्दाबन्दीको समयमा मानिसको जीउ ज्यान, औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका सहज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । यसअघि सर्वोच्च अदालतले औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा भइरहेको व्यवस्थाको विषयमा सरकारलाई लिखित जवाफ माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ बैशाख २०७७, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार