काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गर्नुभएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राख्नुभएको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
भारत र चीनलाई धन्यवाद
यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गर्नुभएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी