काठमाडौँ । नेपाल प्रहरीमा १० एआईजी नियुक्त गरे लगत्तै १९ एसपीलाई पनि एसएसपीमा सरुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको मंगलबारको बैठकले उनीहरुलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा १९ एसएसपी खाली थियो । सो पदका लागि ४० एसपी प्रतिष्पर्धामा थिए ।
बढुवा सिफारीस हुने एसपीहरुमा विरेन्द्र बस्याल, नवराज भट्ट, जनक भट्टराई, कुवेर कठायत, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी, केदार ढकाल, रविन्द्र केसी, राजेश बांस्तोला, सुदिप गिरी, कृष्णकुमार महत र लालमणी आचार्य रहेका छन् ।
यसैगरी एसपी हृदय थापा, अशोक सिंह, यज्ञविनोद पोखरेल, राजकुमार वैदवार, मुकेश सिंह र चन्द्र खापुङ बढुवाका लागि सिफारीस भएका हुन् ।
नेपाल प्रहरीमा एसएसपी बढुवाको लागी गृहसचिवको अध्यक्षतामा समिति रहन्छ । समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरीक्षक महानिरीक्षक शैलेशथापा क्षेत्री सदस्य सचिव छ् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र
द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जीजम्प