काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ ।
बढुवा हुनेहरूमा सुदर्शन प्रसाद खतिवडा, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)