एजेन्सी । इरानले मध्यपूर्वका महत्वपूर्ण ऊर्जा केन्द्रहरूमाथि आक्रमण तीव्र पारेसँगै साउदी अरेबियाले इरानविरुद्ध आवश्यक परेको खण्डमा सैन्य कारबाही गर्ने अधिकार आफूसँग सुरक्षित रहेको चेतावनी दिएको छ।
बिहीबार रियादमा आयोजित अरब र इस्लामिक देशका विदेशमन्त्रीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल-साउदले इरानको पछिल्लो कदमप्रति कडा आपत्ति जनाए।
उनले भने, "इरान आफ्ना छिमेकीहरूसँग वार्तामा विश्वास गर्दैन, बरु दबाब सिर्जना गर्न खोज्छ। म प्रस्ट पार्न चाहन्छु कि यो रणनीति सफल हुने छैन।"
आक्रमणको श्रृंखला र इरानको निसानामा ऊर्जा केन्द्र
केही घण्टाअघि मात्रै साउदी राजधानी रियादमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको थियो । जसलाई साउदी सुरक्षा निकायले बीचमै रोकेका थिए। विदेशमन्त्रीले भने, "राजधानीमा कूटनीतिज्ञहरूको बैठक चलिरहँदा रियादलाई लक्षित गरिनु संयोग मात्र हुन सक्दैन।" सोही क्रममा रियादका दुई रिफाइनरीमा आक्रमण भएको र कतारको रास लाफान औद्योगिक सहरमा समेत व्यापक क्षति पुगेको उनले जानकारी दिए।
इरानले यसअघि नै अमेरिका र इजरायलले आफ्नो 'साउथ पार्स' प्राकृतिक ग्यास क्षेत्रलगायतका तेल र ग्यास केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाउँदै त्यसको बदला लिने चेतावनी दिएको थियो।
मध्यपूर्वका ऊर्जा संरचनाहरूमाथि भइरहेका लगातारका आक्रमणले विश्व बजारमा हलचल मच्चाएको छ। पछिल्लो तनावका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरको उच्च बिन्दुमा पुगेको छ। यसले विश्वव्यापी इन्धन आपूर्ति प्रणालीमा गम्भीर संकट निम्त्याउने चिन्ता बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी