एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानविरुद्धको युद्धका लागि २०० अर्ब डलर भन्दा बढीको बजेट स्वीकृत गर्न ह्वाइट हाउससँग माग गरेको छ।
एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै 'वासिङ्टन पोस्ट' ले यस्तो खुलासा गरेको हो। उक्त प्रतिवेदनका अनुसार यो प्रस्तावित बजेट ट्रम्प प्रशासनको हालसम्मको सैन्य अभियानको खर्चभन्दा निकै बढी हो। पेन्टागनले युद्धका क्रममा खपत भएका महत्वपूर्ण हतियारहरूको उत्पादनलाई तुरुन्तै बढाउने उद्देश्यले यो ठूलो रकमको माग गरेको बुझिएको छ।
गत दुई साताको अवधिमा पेन्टागनले बजेटका विभिन्न प्रस्तावहरू अघि सारेको थियो। पछिल्लो पटक आएको यो ठूलो आकारको बजेट मागले अमेरिकी संसद (कंग्रेस) मा राजनीतिक बहस र ठूलो विवाद निम्त्याउने सम्भावना रहेको छ।
यस विषयमा आधिकारिक प्रतिक्रिया लिन खोज्दा अमेरिकी रक्षा मन्त्रालय र ह्वाइट हाउस दुवैले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। इरानसँगको तनावपूर्ण अवस्था र बढ्दो सैन्य खर्चको तयारीले वासिङ्टनको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको बीबीसीले समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ चैत्र २०८२, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण