काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो ।
महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ । सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेको छ । १० ग्राम चाँदीको मूल्य भने ४ हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?