काठमाडौं । मन्त्रिपरिषद बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।
मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनिवास खुमलटार पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् ।
ओलीले गौतमलाई फोन गरेर केही सल्लाह छ तपाईँ बालुवाटार आउनु प¥यो भनेर बोलाएका हुन् । ओलीको फोनपछि गौतम अहिले बालुवाटार पुगेका छन् ।
पछिल्लो समय गौतम ओलीसँग चिढिएका छन् । ओलीले आफूलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा गौतम ओलीसँग रुष्ट छन् ।
यसैबीच नेकपाको सचिवालय बैठक आजै बालुवाटारमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी