मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई ओलीले बोलाए बालुवाटार

सोमबार, ०८ बैशाख २०७७, १७ : ०८
मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई ओलीले बोलाए बालुवाटार

काठमाडौं । मन्त्रिपरिषद बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।

मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनिवास खुमलटार पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् । 

ओलीले गौतमलाई फोन गरेर केही सल्लाह छ तपाईँ बालुवाटार आउनु प¥यो भनेर बोलाएका हुन् । ओलीको फोनपछि गौतम अहिले बालुवाटार पुगेका छन् ।

पछिल्लो समय गौतम ओलीसँग चिढिएका छन् । ओलीले आफूलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा गौतम ओलीसँग रुष्ट छन् । 

यसैबीच नेकपाको सचिवालय बैठक आजै बालुवाटारमा बोलाइएको छ ।