आर्थिक–सामाजिक असन्तोषले उदाएको नयाँ शक्ति दीर्घकाल टिक्दैन: शंकर पोखरेल

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, ११ : १५
आर्थिक–सामाजिक असन्तोषले उदाएको नयाँ शक्ति दीर्घकाल टिक्दैन: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको बताएका छन् ।

पोखरेलले आम निर्वाचन २०८२ मा नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको उल्लेख गर्दै, लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा उभिएको नयाँ शक्ति दीर्घकालसम्म टिक्न नसक्ने ठोकुवा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा वर्तमान राजनीतिकप्रति लामो टिप्पणी गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नेपालीहरूको जीवनस्तर उकासिए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तुष्टी चुलिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस