मजदुरको पिडाले किन पोल्दैन शाषकको मुट, कस्ले सुन्छ भोकभोकै काखमा बच्चा बोकेका मजदुरका पिडा ?

प्रकाश सिग्देल

शुक्रबार, ०५ बैशाख २०७७, १७ : ३७
मजदुरको पिडाले किन पोल्दैन शाषकको मुट, कस्ले सुन्छ भोकभोकै काखमा बच्चा बोकेका मजदुरका पिडा ?

प्रकाश सिग्देल
चितवन । पछिल्ला केहि दिन यता राजमार्गहरुमा देखिने बटुवाको लाभा लस्कर नियालेर हेर्नेहरुको मन थामी नसक्नुहुन्छ ।  साना साना दुधे बाल बालिकाहरु काखमा च्यापेर भोकभोकै रातदिन हिडेका आमाहरु, अनि गरिवै भएपनि श्रम गरेर ईमान्दारी पुर्वक परिवार पाल्छु परिवारलाई सुख दिन्छु भनि श्रम गर्न गएर घर फर्किएका मजदुरहरु खुट्टा खोच्याउदै तप्प तप्त पसिना चुहाउदै बडो कष्टका साथ राजमार्गमा हिडेकाहरुको ताति देख्दा जो कोहीको मन पनि भक्कानिन्छ ।

एक गास खाने अन्नको गेडो भईदिएको भए ७ / ८ सय किलोमिटर लामो यात्रा रातदिन हिडेर जाने रहर कसैलाई पनि नहुदो होला । घर पुग्दा सम्म कस्तो हालत हुनेहो थाहा छैन् तैपनी भोकभोकै रातदिन हिडिरहेकै छन् मजदुर । 

उनिहरुको पिडाले हाम्रो मन पोलेर हाम्रो आसु झरेर उनिहरुको कल्याण नहुदो रहेछ । जसले हेर्नु पर्नेहो जसले सुन्नु पर्नेहो जसले गर्नु पर्नेहो उसको गुच्चाका आखा अनि झिरले खोपेका कान परेपछि उसले न देख्छ मजदुरको पिडा , नसुन्छ मजदुरको दुखेसो ।

दैनिक सयौ मजदुरहरु पुर्व पस्चिम राजमार्ग हुदै आफनो घर तर्फ लागिरेहका छन् ।   काखमा साना साना नानि बाबु बोकेर मानिसहरु निकै कष्टकर  रुपमा रातदिन हिडेर आफनो घर तर्फ बाटो तताईरहेका छन् ।  हप्ता दिन सम्म पनि रातदिन हिड्ने साहास बटुलेर श्रमिकहरु यतिबेला आफुले काम गरिरहेको स्थान तथा जिल्ला छोडेर आफनो गृह जिल्ला जानका लागी रात दिन राजमार्गमा पैदल यात्रा गरिरहेका छन् । 

नुवाकाटमा ज्यामी काम गर्ने १ दर्जन बढिको टिम नुवाकोट देखी कही ट्रक  चडेर त कही रातभरी हिडेर दुई दिन लगाएर गैडाकोट सम्म आएको छ ।  सल्यान पुग्ने आसा अझै बाकि रहेको र यहि अवस्थाले सल्यान सम्म पुग्ने सम्भावना जटिल बन्दै गएको  बुद्धि राम सुनारले बताउनु भयो ।

 लक डाउनले काम पनि बन्द भएको खाने अन्न पनि नभएपछि हिडेरै भएपनि घर जान भनि पोका पन्तौरा सबै बोकेर हिडेको बताउनु हुन्छ । मजदुर वर्गको यो बिजोग हुदा पनि राज्यले आफुहरुको लागी कुनै पनि ध्यान दिन नसकेको भन्दै उहाले दुखेसो गर्नु भयो ।

राज्यले गरिव लाई मार्न थालेको उहाको दुखेसो छ ।  बटुवाहरु निकै दुख र कष्ठका साथ बाटामा जस्ले जे दिन्छ त्यही खादै बाटैमा सुत्दै आफनो घर तर्फ लागेका छन् ।  साना साना बाल बच्चालाई कहिले काखामा कहिले हिडाएर पानि र सामान्य चाउचाउ र भुजाकै भरमा उनिहरु घर पुगिने आसमा अगाढी बढिरहेका छन् ।

काठमाण्डौ बाट बर्दीयाका लागी हिडेका गणेश थारुले रातदिन हिडेर चितवन सम्म आएको बताउनु भयो । काठमाण्डौमा दिउसो पुलिसले बाहिर निस्कन नदिएकाले राति दुई बजे उठेर साथी भाई सहितको १५ जनाको टोलि रातभरी दिनभरी हिडेर यहा सम्म आईपुगेको बताउनु हुन्छ ।  

कहि कहि ट्रकले चडाउने गरेपनि बाटामा पुलिस देख्नासाथ ट्रकले पनि झार्ने गरेकाले रातभरी हिडेरै आएको उहाको भनाई छ ।

पैसा कमाएर परिवार पाल्न भनि मजदुरी गर्न गएका आफु जस्ता हजारौ मजदुरको बिच्चली भएको र सयौ मानिसहरु बाटामा सकि नसकि आउदै गरेको र आफुहरुले धेरैलाई उछिन्दै अगाढी बढेको उहा बताउनु हुन्छ ।  साना साना बाल बच्चा बोकेर किनै दुख का साथ महिला बृद्ध बृद्धाहरु प्नि आईरहेका उहाको भनाइ छ ।  

नवलपरासीको ईट्टा भट्टीमा काम गर्ने सर्लाहिका जनक लाल चौधरीले  भन्नुभयो  , साहुले लकडाउनका बेला बिचल्ली पारीदिएपछि हिडेरै घर जान लागेको छु  । आफनो सानो छोरी काखमा च्यापेर चौधरीको परिवार पैदलै सलार्ही हिडेको छ ।  ५ दिनभित्र रात दिन हिडेरै भएपनि सलार्ही पुग्ने आसामा आफुहरु घर हिडेको उहा बताउनु हुन्छ । नवलपुर र नवलपरासीका बिभिन्न भट्टीमा काम गर्ने पुर्वी नेपालका मजदुरहरु अहिले आफ्ना  बाल बच्चा काखमा च्यापेर घर हिडिरहेका छन् ।

यसरी दैनिक सयौ मजदुरहरु निकै कष्ठका साथ यात्रामा छन् तर सरकार देख्दैन् सुन्दैन् । एक पटक कुर्ची छाडेर बाहिर निस्किएर सडकमा नियाल सरकार पक्कै मजदुरको पिडाले तिमिहरुलाई पनि छट्पटी चल्ने छ । 

प्रतिक्रिया दिनुहोस