चितवन । चितवन रािष्ट्रय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा नौ जना पक्राउ परेका छन् । चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायका अनुसार गत चैत ३० गते चित्तलको सुकुटी खाँदै गरेको सूचनाका आधारमा निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको अनुसन्धान भई मुद्दा प्रक्रियामा रहेकाले विस्तृत विवरण खुलाउन नमिल्ने उपाध्यायले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार निजले चित्तल मारेर सुकुटी बनाएर खाँदै गरेको अवस्थामा निकुञ्जको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ बैशाख २०७७, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ