काठमाडौं । बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभयो । गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ बैशाख २०७७, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ