काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोेना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खिमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ । निवेदनमा जेष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ बैशाख २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई तोकियो पेसी
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै