काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोेना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खिमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ । निवेदनमा जेष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ बैशाख २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार