काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् । बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३० चैत्र २०७६, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ
आफ्नै घरमा मृत भेटिइन् महिला, हत्याको आशंका
सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या