एजेन्सी । विश्वव्यापी रुपमै महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको उद्गम स्थल चीनको वुहान ७६ दिन देखिको लकडाउन हटाइएको छ ।
कडाउन हटाइएसंगै त्यहाँको जनजीवन सामान्य लयमा फर्किन थालेको छ । लामो समय देखि बन्द रहेका बजार, कलकारखाना लगायत पनि खुल्न थालेको छ । रेल सेवा, हवाइ सेवा पनि शुरु भएको छ ।
७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् ।
एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोनाको संक्रमण देखिएपछि सबैभन्दा पहिला यही महामारीको रुप लिदैं धेरै मानिसको ज्यान गएको थियो । संक्रमण तिब्र भएपछि चीन सरकारले यहाँ लकडाउन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा