काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद गरेका छन् ।
देउवाले आज सामाजिक ट्विटरमार्फत यो कुरा जानकारी दिएका हुन् । आफूले पूर्वप्रधानमन्त्री मित्रहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोन संवाद गरेको देउवाले ट्विटरमा लेखेका छन् ।
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्ने विषयमा कुराकानी भएको देउवाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा