कोरोनाको आशंकामा होम क्वारेन्टाईनमा राखिएको एक भारतियले गरे फाँसी लगाएर आत्महत्या

शनिबार, २२ चैत्र २०७६, १० : ५२
कोरोनाको आशंकामा होम क्वारेन्टाईनमा राखिएको एक भारतियले गरे फाँसी लगाएर आत्महत्या

एजेन्सी । कोरोनाको संक्रमण विश्वभरि नै महामारीको रुपमा फैलिरहदा छिमेकी मुलुकमा भारतमा पनि संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ ।

संक्रमण आशंका गरिएकाहरु १४ दिन क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको छ । यस्तै क्वारेन्टाईनमा रहेका एक भारतियले फाँसी लगाए आत्महत्या गरेका छन् । 

भारतको राजस्थानको बनासकांठाका एक स्थानियले फाँसी लगाएर आत्महत्या गरेका हुन् । उनी माथि स्थानिय प्रशासनले कोरोना संक्रमणको आशंका गरिएकाले १४ दिनको लागि होम क्वारेन्टाईनमा पठाएको थियो । क्वारेन्टाईनमा रहदा उनले शुक्रबार आत्महत्या गरेको भारतिय संचारमाध्यमले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस