काठमाडौं । कोरोना नियन्त्रणसम्बन्धी उचस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अभिव्यक्तिको आलोचना भएको छ । चीनबाट ल्याइएको स्वास्थ्य सामग्री रद्द गरिएको विषयमा एक पत्रिकालाई उनले दिएको अन्तर्वार्तामा गैरजिम्मेवार जवाफ दिएको भन्दै उनको आलोचना भएको हो ।
खरिद प्रक्रिया रद्ध भएपछि समितिको जिम्मेवारी र आगामी कदमको विषयमा पटक पटक प्रश्न सोध्दा गैरजिम्मेवार जवाफ दिएका छन् भने सबै दोष स्वास्थ्य सेवा विभागलाई थापेर आफू बेखबर भएको जस्तोगरी प्रस्तुत भएका छन् ।
यसविषयमा नेकपा नेता विष्णु रिजालले पनि असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जवाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ । किनकि, यो नागरिकसँगको संवाद हो । सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र ? निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०७६, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल