काठमाडौं । महाकाली नदीपारि रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेशको माग गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता मनीषकुमार श्रेष्ठलगायत ६ जना कानुन व्यवसायीद्वारा संयुक्तरुपमा दायर गरिएको रिट निवेदनमा नेपालीहरु जुनसुकै देश तथा ठाउँमा भए पनि उनीहरुको उद्धार गर्ने जिम्मा सरकारको भएको उल्लेख गर्दै महाकाली नदीपारि रहेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउनका लागि सरकारलाई आदेश दिन माग गरिएको छ ।
महाकाली नदीपारि रहेका नेपालीलाई सर्वप्रथम उद्धार गर्ने कार्य सरकारको भएको उल्लेख गर्दै रिट निवेदनमा त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने जनाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० चैत्र २०७६, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार