भैरहवा । कोरोना भाइरसका संक्रमण बढ्न नदिन नेपाल र भारत सिमा नाकामा आवतजावत ठप्प छ । दुवै देशले लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर दुवै देशका प्रहरीले उच्च निगरानीमा राखेको छ ।
भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा क्षेत्रमा २२ पिकेट र पाँच मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताए ।
“सीमाक्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ । नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ“, सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले भने । नेपाल भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनविना सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्देज लगाएको छ ।
सीमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्लाके बुटवल, भैरहवा, गंगोलिया,लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानीय सरकारसँगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको छ ।
जिल्लाका सरकारी अस्पताल र आइसोलेशन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा पैदान गरिरहेको छ । सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमाक्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित