काठमाडौँ । कोरोनाको प्रकोप विश्वभरि तिब्र गतिमा फैलिरहदा नेपालमा यसको संक्रमयणले महामारी नलियोस भनेर सरकारले निकै सतर्कता अपनाएको छ ।
यसै सन्दर्भमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार भिडियो कन्फिरेन्समार्फत छलफल गरिरहनुभएको छ । उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा प्रदेशमा देखिएका समस्या र भइरहेका तयारीबारे कुराकानी गर्नुहुनेछ ।
उहाँले उच्चस्तरीय समन्वय समितिबाट भएका निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी र निर्देशन समेत दिनुहुने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा मुख्य मन्त्रीहरुले निकै सतर्कताका सात यसको संक्रमण फैलन नदिन थालिसकको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार