काठमाडौँ । कोरोनाको प्रकोप विश्वभरि तिब्र गतिमा फैलिरहदा नेपालमा यसको संक्रमयणले महामारी नलियोस भनेर सरकारले निकै सतर्कता अपनाएको छ ।
यसै सन्दर्भमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार भिडियो कन्फिरेन्समार्फत छलफल गरिरहनुभएको छ । उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा प्रदेशमा देखिएका समस्या र भइरहेका तयारीबारे कुराकानी गर्नुहुनेछ ।
उहाँले उच्चस्तरीय समन्वय समितिबाट भएका निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी र निर्देशन समेत दिनुहुने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा मुख्य मन्त्रीहरुले निकै सतर्कताका सात यसको संक्रमण फैलन नदिन थालिसकको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव