काठमाडौं । नेपाल र चीनका स्वास्थ्य अधिकारीका बीचमा भिडियो कन्फरेन्स हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि दुई देशका स्वास्थ्य अधिकारीका बीचमा भिडियो कन्फरेन्स हुन लागेको हो ।
कन्फरेन्स आज दिउँसो हुने परराष्ट्रका अधिकारीहरुले बताएका छन् । नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेपछि यो कन्फरेन्स हुन लागेको हो ।
चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको छ । दुइृ देशका परराष्ट्रमन्त्रीका बीचमा भएको टेलिफोन सम्वाद पछि नेपालले सहयोग लिने सूचीको विषयमा दुई मुलुकका स्वास्थ्य अधिकारीबीच भिडियो कन्फरेन्समा छलफल हुन लागेको हो । यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा पनि कुराकानी हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वताए ।
‘हामी चीनसँगको बेस्ट प्राक्टिस सिक्न चाहन्छौं । सहयोगका बारेमा स्वास्थ्य मन्त्रालयको तहबाट बेइजिङ–काठमाडौं भिडियो कन्फरेन्स हुन्छ,’ मन्त्री ज्ञवालीले भने, ‘के के सामान जरुरत छ भन्ने टेक्निकल पार्टसहित लिस्ट तयार हुँदै छ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?