काठमाडौं । नेपाल र चीनका स्वास्थ्य अधिकारीका बीचमा भिडियो कन्फरेन्स हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि दुई देशका स्वास्थ्य अधिकारीका बीचमा भिडियो कन्फरेन्स हुन लागेको हो ।
कन्फरेन्स आज दिउँसो हुने परराष्ट्रका अधिकारीहरुले बताएका छन् । नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेपछि यो कन्फरेन्स हुन लागेको हो ।
चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको छ । दुइृ देशका परराष्ट्रमन्त्रीका बीचमा भएको टेलिफोन सम्वाद पछि नेपालले सहयोग लिने सूचीको विषयमा दुई मुलुकका स्वास्थ्य अधिकारीबीच भिडियो कन्फरेन्समा छलफल हुन लागेको हो । यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा पनि कुराकानी हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वताए ।
‘हामी चीनसँगको बेस्ट प्राक्टिस सिक्न चाहन्छौं । सहयोगका बारेमा स्वास्थ्य मन्त्रालयको तहबाट बेइजिङ–काठमाडौं भिडियो कन्फरेन्स हुन्छ,’ मन्त्री ज्ञवालीले भने, ‘के के सामान जरुरत छ भन्ने टेक्निकल पार्टसहित लिस्ट तयार हुँदै छ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
चीनद्वारा नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली भरतपुरमा
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित