काठमाडौं । चीनले आफ्ना राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक नेपालमा जलाइएको भन्दै गम्भिर चासो देखाएको छ ।
नेपालमा चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झण्डै दुई तिहाईको बहुमतको नयाँ सरकार बन्ने तयारी भईरहेका बेला आफ्ना राष्ट्रपति सी जिनपिङले लेखेको ‘द गभर्नेन्स अफ चाइना’ लगायतका पुस्तक जलाइएको भन्दै असन्तुष्टि जनाएको हो ।
शनिबार (३० फागुनमा) राती मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक कलेजमा राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तकसहितका सामाग्रीहरु जलाइएको थियो । ती सामाग्री किन जलाइयो ? त्यसमा संग्लन्नहरु को को हुन् ? उनीहरुले किन हाम्रा राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक लगायत चिनियाँ पुस्तकहरु जलाइए ? यसबारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो ? भन्दै नेपालस्थित चिनियाँ राजदूताबासले परराष्ट्र मन्त्रालयलाई मौखिक नोट पठाउँदै सोधेको छ ।
नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक अध्ययन गर्न चाहनेहरुलाई दूताबासले विभिन्न च्यानलमार्फत उपलब्ध गराउँदै आएको थियो । तर त्यसरी पुस्तक नै जलाइएको भिडियो नै सार्वजनिक भएपछि चिनियाँहरुले यसमा गम्भिर चासो सहित विरोध जनाएको हो ।
नेपालस्थित चिनियाँ दूतावासले यस्तो कार्यमा संग्लन्नहरुलाई तत्काल कारवाही गर्न पनि परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाईरहेको भिडियो र समाचार विराटनगरस्थित अनलाइनसञ्चारमाध्यम लाइभ न्यूज रफ्तारले प्रकाशित गरेको थियो ।
त्यसपछि चिनियाँहरुले यसमा गम्भिर चासो देखाएको हो । परराष्ट्र मन्त्रालयले यसबारेमा के भएको हो ? त्काल अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउन गृहमन्त्रालयलाई आग्रह गरिसकेको परराष्ट्र स्रोतको भनाई छ । परराष्ट्रले गृहलाई चिनियाँ दूतावासको गम्भिर असहमतिसहितको चासो देखाएको भन्दै रिपोट गरेपछि गृहले मोरङ जिल्ला प्रशासनलाई यसबारेमा अनुसनधान गर्न निर्देशन गरिसकेको छ ।
चिनियाँहरुले आपत्ति जनाएपछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समाचार र भिडियो प्रकाशन गरेको लाइभ न्यूज राफ्टरलाई उक्त समाचार हटाईदिन आग्रह गरेको बताइनछ । नेपाल र चीनबीचको सम्वन्धलाई आँच पुरयाउन सक्ने देखिएकोले उक्त समाचार र भिडियो हटाईदिन प्रमुख जिल्ला अधिकारी कट्टेलले उक्त अनलाईनलाई आग्रह् गरेका थिए ।
चीन नेपालमा पछिल्लो समय पश्चिमा शक्तिहरुको चलखेल बढेको भन्दै चिन्तित भईरहेको देखिन्छ । यही बेला आफ्ना राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलेको घट्नालाई उसले गम्भिर नोटिसमा राखेको देखिन्छ ।
उक्त कलेज नेकपा एमालेका नेताहरूले स्थापना गरेका थिए। कलेजको वेबसाइटमा उल्लेख भएअनुसार, स्वर्गीय एमाले नेता भरत मोहन अधिकारीले अगस्ट ६ देखि मार्च २, २०१९ सम्म कलेजको अध्यक्षको रूपमा काम गरेका थिए। हाल भने उक्त कलेजको अध्यक्ष नेकपा एमालेका नेता इश्वर पोखरेल छन् । पोखरेल चिनियाँहरुसँग राम्रो सम्वन्ध बनाएका नेतामध्येमा पर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०८२, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट