९ जना जुवाडे प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, १२ : ३५
९ जना जुवाडे प्रहरी नियन्त्रणमा

काठमाडौँ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका-२ स्थित एक निजी आवासमा सञ्चालन भइरहेको जुवाको गतिविधिमा संलग्न रहेको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले शनिबार उक्त स्थानमा छापा मार्दा बंशी राठीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रणमा परेकामध्ये ३९ वर्षीय बलराम राठी समेत रहेका छन्।

प्रहरीका अनुसार सो स्थानबाट नगद ९२ हजार ६ सय ४५ रुपैयाँ तथा पाँच गड्डी तास बरामद गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस