ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, १२ : ४९
ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र

काठमाडौँ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउने तयारीमा छन्।

यसै क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा एमाले समर्थकहरू र्‍यालीसहित पुगेका छन्। उनीहरूले कार्यालय अगाडि भेला भई पक्राउप्रति विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन्।

पार्टीका कार्यकर्ताहरूले शनिबारदेखि नै विरोध कार्यक्रम सुरु गरेका थिए। सोही क्रममा काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा पनि प्रदर्शन भएको थियो।

भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनको सन्दर्भमा गरिएको दमनसम्बन्धी घटनाक्रमलाई लिएर पछिल्लो राजनीतिक गतिविधि तीव्र बनेको हो। उक्त समयमा केपी शर्मा ओली प्रधानमन्त्री तथा रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस