काठमाडौँ । सरकारले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा भ्रम सिर्जना हुने खालका गलत सूचनाहरु दिए सरकारले कारबाही गर्ने जनाएको छ ।
बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेको अध्यक्षतामा बसेको कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयको १५ नम्बर बुँदामा भनिएको छ,'सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम(सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिने छ।' कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?