काठमाडौं । हालै त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारबारे विभिन्न ५ वटा सूचना माग गरिएको छ ।
अधिवक्ताहरु बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सूचनाको हक प्रयोग गर्दै सोबारे सूचना उपलब्ध गराउन मंगलबार निवेदन दिएका हुन् ।
निवेदकहरुले प्रधानमन्त्री ओलीले किड्नी प्रत्यारोपण गरेको मिति, किड्नी दान गर्नेको पहिचान, किडनी लिने र दिनेबीचको नाता तथा किड्नी दाता र ग्रहण गर्नेका पेश भएका दस्तावेज, नाता प्रमाणितका दस्तावेज, किड्नी प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सूचनालगायत माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ चैत्र २०७६, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली