काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति तोकेको छ। अदालतका अनुसार आगामी वैशाख १४ गतेका लागि पेशी निर्धारण गरिएको हो।
लामिछाने आइतबार निर्धारित तारेख बुझ्न अदालत उपस्थित भएका थिए। उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीसँग सम्बन्धित आर्थिक अनियमितताको आरोपमा मुद्दा विचाराधीन छ।
उक्त प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन्। ०८१ पुस २१ गते दर्ता भएको मुद्दामा संगठित रूपमा सहकारीको रकम दुरुपयोग गरिएको अभियोग लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि