काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो ।
दुवै जनालाई परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । ओलीलाई प्रहरीले गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङले रातभर आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्नेबारे छलफल गरेका थिए । छलफलपछि शनिबार बिहान दुवैजना पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो