काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरी शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केयर रुम’मा राजनीतिक भेटघाट र परामर्श सुरु गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । लगत्तै, प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेल र आफ्नो सचिवालयका सदस्यसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीले शनिबार राति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पनि भेटेका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १२ दिनपछि शुक्रबार डिस्चार्ज भएका थिए । उपचारमा रहेकाले सरकार र पार्टीले लिनुपर्ने केही महत्वपूर्ण निर्णयसमेत रोकिएका वेला डिस्चार्जलगत्तै प्रधानमन्त्रीले भेटघाट र परामर्श सुरु गरेका हुन् ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिएपछि नेकपाका शीर्ष नेताबीचको अन्तरविरोध सतहमा आएको छ । डिस्चार्जपछि प्रधानमन्त्री ओलीले थालेको भेटघाटले गौतमको विषय कसरी सुल्झाउँछन् भन्ने चासो बढाएको छ ।
शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषयमा कुराकानी गरेको संकेत गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा स्वास्थ्य अवस्थाबाहेक समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल भएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ चैत्र २०७६, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली