काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरी शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केयर रुम’मा राजनीतिक भेटघाट र परामर्श सुरु गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । लगत्तै, प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेल र आफ्नो सचिवालयका सदस्यसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीले शनिबार राति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पनि भेटेका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १२ दिनपछि शुक्रबार डिस्चार्ज भएका थिए । उपचारमा रहेकाले सरकार र पार्टीले लिनुपर्ने केही महत्वपूर्ण निर्णयसमेत रोकिएका वेला डिस्चार्जलगत्तै प्रधानमन्त्रीले भेटघाट र परामर्श सुरु गरेका हुन् ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिएपछि नेकपाका शीर्ष नेताबीचको अन्तरविरोध सतहमा आएको छ । डिस्चार्जपछि प्रधानमन्त्री ओलीले थालेको भेटघाटले गौतमको विषय कसरी सुल्झाउँछन् भन्ने चासो बढाएको छ ।
शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषयमा कुराकानी गरेको संकेत गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा स्वास्थ्य अवस्थाबाहेक समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल भएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ चैत्र २०७६, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा