काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मूल नाराका साथ अभियानको शुरुआत गरिएको हो ।
अभियानको शुभारम्म अहिले विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरी गरिएको हो । आज सदरमुकाम बेनीमा नेकपाका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मालगायतको नेतृत्वमा तीन समूह बनाएर कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । बेनी र मङ्गलाघाट क्षेत्रमा तीन समूहले सडकमा पदयात्रा गरी सर्वसाधारण र बजारवासीलाई कोरना भाइरसको जोखिम तथा बच्न उपायसहित अपनाउनुपर्ने सावधानी समेटिएको सचतेनामूलक पर्चा वितरण गरिएको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सरसफाइ कार्यक्रममार्फत अभियानको शुभारम्भ गर्ने योजना रहे पनि कोरनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सचेतनामूलक कार्यक्रमलाई जोडेर अभियानको शुरुआत गरिएको नेकपा जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा ठूलो समूह र धेरै मानिस भेला हुने कार्यक्रमलाई रोकिएको र ग्रामीण भेगमा भने पार्टी सुदृढीकरण कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ ।
आजदेखि आगामी जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड गरिसकेको छ । स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताका बीचमा समन्वयको वातावरण बनाउनेलगायत कार्यक्रमलाई समेटिएको छ ।
अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय सङ्गठनको एकतालाई सुदृढ बनाउँदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्यूनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा सङ्कलन गरिने अध्यक्ष पौडेलले बताउनुभयो । अभियानअन्तर्गत सबै स्थानीय तह स्तरमा भेला र बैठकका कार्यक्रम सम्पन्न भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ चैत्र २०७६, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई