काठमाडौँ । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदवहाली गर्नुभएको छ । थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकीकरण भएपछि आज नेतात्रयले पदवहाली गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष राणाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले देश र जनताको हितमा काम गर्न नसकेका कारण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खाँचो भइरहेको बताउनुभयो । अर्का अध्यक्ष लोहनीले मुलुकमा विधिको शासन कायम हुन नसक्दा दण्डहीनता बढेको र भष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै देशमा अहिले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको दावी गर्नुभयो । अध्यक्ष थापाले निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनुपर्ने बताउँदै कार्यकर्ताको दबाबमा एकता सम्भव भएकाले विगतका गल्तीबाट पाठ सिक्दै अब पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । एकीकरणसम्बन्धी आधारपत्रमा, संविधानमा रहेका असहमतिमा कायम राख्दै पार्टीको आदर्शलाई अगाडि बढाउने उल्लेख छ । हिन्दू राष्ट्र कायम गर्नेलगायतलाई राप्रपाको मूल सैद्धान्तिक आधारको रुपमा स्वीकार गरिएको छ । आगामी महाधिवेशनसम्म अध्यक्षत्रय कायम रहनुहुने छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०७६, १८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा