काठमाडौँ । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदवहाली गर्नुभएको छ । थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकीकरण भएपछि आज नेतात्रयले पदवहाली गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष राणाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले देश र जनताको हितमा काम गर्न नसकेका कारण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खाँचो भइरहेको बताउनुभयो । अर्का अध्यक्ष लोहनीले मुलुकमा विधिको शासन कायम हुन नसक्दा दण्डहीनता बढेको र भष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै देशमा अहिले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको दावी गर्नुभयो । अध्यक्ष थापाले निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनुपर्ने बताउँदै कार्यकर्ताको दबाबमा एकता सम्भव भएकाले विगतका गल्तीबाट पाठ सिक्दै अब पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । एकीकरणसम्बन्धी आधारपत्रमा, संविधानमा रहेका असहमतिमा कायम राख्दै पार्टीको आदर्शलाई अगाडि बढाउने उल्लेख छ । हिन्दू राष्ट्र कायम गर्नेलगायतलाई राप्रपाको मूल सैद्धान्तिक आधारको रुपमा स्वीकार गरिएको छ । आगामी महाधिवेशनसम्म अध्यक्षत्रय कायम रहनुहुने छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०७६, १८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै