विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट नभएको बताएका छन् ।
बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।
'नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु परो भन्नुहुन्छ, उनले भने, 'नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट छैनन् । सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना छ ।’
तर कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनले बताए । कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर भएको उल्लेख गरे ।
जुनरुपमा कांग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन सकेको छैन । कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो ।
आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको उनको कथन थियो । नेकपाका नेताहरू नै सरकारको कामबाट वाक्क भइसकेको कोइरालाको टिप्पणी थियो । कांग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको कोइरालाले बताए । राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उनले जोड दिए ।
कांग्रेस नेतृत्व काठमाडौंमा मात्रै सीमित भएको उनको दाबी थियो । नेतृत्वले आफू निकटका व्यक्तिलाई पद बाँडेर आफू बलियो भएको महसुस गरिरहेको कोइरालाले बताए । नेता कोइरालाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति हुन नसकेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?
प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले किन यस्तो भने- यस्तै रहेछ यहाँको चलन ?
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु