काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलालाई अस्पतालले बुधबार डिस्चार्ज गरेको छ ।
समीक्षाको बुधबार डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए । डिस्चार्ज अघि समीक्षाले मामा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् ।
गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा आज २८ गते नौ दिनका दिन डिस्चार्ज भएकी हुन् ।
प्रधानमन्त्री ओलीको पनि सम्भवतः आजै बेलुकासम्म डिस्चार्ज हुन सक्ने डा. खड्गाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि