काठमाडौँ । माहामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको बाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।
वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भन्नुभयो, “चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः सुरु गर्न र प्रकोपबाट हुने नतीजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ ।”
उहाँले भन्नुभयो, “झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम सुरु गरेका छन् भने गुआङडोङ, जियाङ्सु, साङ्घाई, शान्दोङ र चोङ्किङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः सुरु गरिसकेका छन् ।”
“सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति प्रभावकारी बन्न थालेकोले धेरैभन्दा धेरै कम्पनीहरू काममा फर्किएका छन् भने चीनको वैदेशिक व्यापारले क्रमशः गति लिन थालेको छ,” लीले भन्नुभयो ।
“यद्यपि पहिलो त्रैमासिकमा चीनको निर्यात र आयात दुबैमा कम हुनेछ,” लीले भन्नुभयो । देशको वैदेशिक व्यापारको सकारात्मक विकासको प्रवृत्ति परिवर्तन हुन स्वभाविक रूपमा लामो समय लाग्छ ।
“मन्त्रालयले आफ्नो नीतिगत प्रणालीलाई अझ समृद्ध बनाउने छ, विदेशी व्यापार उद्यमहरूलाई थप सटिक उपायहरू प्रदान गर्न सहयोग पु¥याउने छ, उत्पादन पुनः सुरु गर्न र विश्वव्यापी आपूर्ति श्रृङ्खलाको स्थिरता कायम गर्न मद्दत गर्नेछ,” लीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ फागुन २०७६, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण