‘वामदेवलाई मध्यमार्गी बाटोमा मैले नै ल्याएको हुँ’ : माधव नेपाल

बुधबार, २१ फागुन २०७६, १० : १३
‘वामदेवलाई मध्यमार्गी बाटोमा मैले नै ल्याएको हुँ’ : माधव नेपाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले वामदेव गौतमलाई निर्सत राष्ट्रिय सभामा जाने गरी आफुले मनाएको बताएका छन् । कुरा १४ फागुनको हो । त्यही दिन नेकपा सचिवालयले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सरकारद्धारा सिफारिस गरी राष्ट्रपतिले मनोनित गर्ने कोटामा पठाउने सर्वसम्मत निर्णय गरेको थियो । 

पार्टी निर्णयपछि एउटा विवाह समारोहमा सहभागी हुन पुगेका नेपाललाई प्रधानमन्त्री ओलीले टेलिफोन गरी बालुवाटार बोलाए । त्यहाँ ओलीले केही घण्टा अगाडी मात्रै सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्न आफु नसक्ने जानकारी नेपाललाई गराए । त्यसपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको संवादमा नेपालले वामदेवलाई निर्सत राष्ट्रिय सभामा जान आफुले मनाएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपालले राखेको भनाई उदधृत गर्दै नेपाल निकट एक नेताले सफलखबरसँग भने,–‘वामदेवलाई मध्यमार्गी प्रस्तावमा सहमत बनाउँदै राष्ट्रिय सभामा निर्सत जान मैले नै मनाएको हो । उहाँ त जान तयार हुनुहुन्थ्यो तर मैले त्यसो भन्न पाउनुहुन्न । अहिले निर्सत जाऔं भनेर मनाएको हुँ ।’  ओलीले त्यसदिन नेपाललाई आफुले युवराज खतिवडालाई नै दोहोराउने वचन दिईसकेको, राष्ट्रपतिलाई समेत युवराजकै नाम आउने बताईसकेकोले आफनो बाध्यता वुझिदिन आग्रह गरेका थिए ।

तर नेपालले पार्टी बैठकमा आफ्ना कुरा नराख्ने, आफु सहित बसेर सर्वसम्मत निर्णय लिने अनि अहिले निर्णय नमान्ने भन्ने, त्यो पनि पार्टी अध्यक्षले यो हुन नसक्ने जवाफ दिएका थिए । ओलीले त्यसपछि भने वामदेव र प्रचण्डसँग विभिन्न ब्यापारीहरुले भेट गरेर अर्थमन्त्री युवराज खतिवडालाई रोक्न खोजेको आरोप लगाएका थिए । प्रचण्डले पनि ओलीको त्यस्तो आरोपको सार्वजनिक रुपमै खण्डन गरेका थिए ।

यस्तो निराधार आरोपको पछि आफु नलाग्ने भन्दै प्रचण्डले आफुले त्यस्ता कुन ब्यापारी भेटेको प्रमणित गर्न चुनौती दिएका थिए । त्यसमा भने नेपालले आफुलाई कसले को भेट्यो भन्ने बारेमा कुनै जानकारी नरहेको, तर वामदेवलाई प्रचण्डजीले र वामदेव स्यवंले जाने रहर गरेको भन्दा पनि आफुले निर्सत जान मनाएको जवाफ नेपालले ओलीलाई दिएका थिए । 

उनले प्रधानमन्त्रीलाई वामदेव संसदमा आउने बित्तिकै सरकार हेरफेरमा अन्य नेताहरु लागिहाल्छन की भन्ने भय नपाल्न पनि आग्रह गरेका थिए । ‘हामी तपाईको नेतृत्वको सरकारमाथी दाँयाबाँया गर्दैनौं, गर्ने नै भए मलाई पनि धेरै अफर आएका थिए, तर मैले मानिन्, ढुक्क हुनुहोस्, तपाईको नेतृत्वको सरकार प्रचण्ड जी र मैले नै बचाउने हो, कसैले दाँयाबाँया गर्दैन, अहिले पार्टी निर्णय मान्दिन भन्न पाउनुहुन्न,’ नेपालले ओलीसँगको भेटमा भनेका थिए ।

त्यसपछि पनि नेपाल र ओलीका बीचमा दुई पटक थप भेटघाट भईसकेको छ । बारम्बारको भेटमा ओलीले आफुलाई सहयोग गर्न आग्रह् गरेपछि नेपालले के आधारमा सहयोग गर्ने ? भन्दै उल्टै ओलीमाथी प्रश्न गरेको नेपाल निकट स्रोत बताँउछ । अहिले ओली अस्पतालमा मृगौला प्रत्यारोपणमा बसेका छन् । वामदेवको पार्टी निर्णय कार्यान्वयनमा गएको छैन । प्रधानमन्त्रीले यो विषयलाई अहिले  अल्झाएर राखेका छन् ।