काठमाडौं । राष्ट्रिय सभाका १९ सांसदले आजबाट आफनो दुई वर्षे कार्यकाल पूरा गरेर बिदा हुदै.छन् । राष्ट्रिय सभाको पहिलो कार्यकालमा गोलाप्रथाबाट २ वर्षे कार्यकालमा परेका अर्थमन्त्री युवराज खतिवडा सहित १९ सांसदको पदावधी आजबाट सकिन लागेको हो ।
उनीहरु मध्ये १८ जनाको स्थानमा गत माघ ९ गते नै निर्वाचन भएर नयाँ सांसदका रुपमा नेताहरु चयन भईसकेका छन् । उनीहरुको भोली बिहान ११ बजे संसद भवनमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य डा. वेदुराम भुषाल लगायत नेताहरु भोलि सपथ लिएपछि संसद छिर्नेछन् । खतिवडाका विषयमा भने नेकपाभित्र अझैं विवाद रहेका कारण पार्टीले निर्णय लिईसकेको छैन् ।
उनी सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ कोटा मध्येका एक हुन् । उक्त कोटामा नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई सर्वसम्मत रुपमा पठाउने निर्णय गरिसकेको छ । तर प्रधानमन्त्रीको अनिच्छाका कारण यो निर्णय टुगिंसकेको छैन् ।
खतिवडाले दुई वर्ष अगाडी २५ फागुनमा सपथ लिएकाले अझै २५ गतेसम्म खतिवडाको कार्यकाल कायम रहने पनि बताईएको छ । तर यस बारेमा केही बताईएको छैन । कार्यकाल सकिन लागेका सांसदहरुको आज दिउँसो संसद भवनमा सामुहिक तस्विर खिच्ने कार्यक्रम बनाईएको छ ।
त्यसपछि आजै बस्ने राष्ट्रिय सभा वैठकमा बिदाई हुन लागेका सांसदहरुलाई मन्तब्य राख्न दिने तयारी राष्ट्रिय सभाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै