काठमाडौं । राष्ट्रिय सभाका १९ सांसदले आजबाट आफनो दुई वर्षे कार्यकाल पूरा गरेर बिदा हुदै.छन् । राष्ट्रिय सभाको पहिलो कार्यकालमा गोलाप्रथाबाट २ वर्षे कार्यकालमा परेका अर्थमन्त्री युवराज खतिवडा सहित १९ सांसदको पदावधी आजबाट सकिन लागेको हो ।
उनीहरु मध्ये १८ जनाको स्थानमा गत माघ ९ गते नै निर्वाचन भएर नयाँ सांसदका रुपमा नेताहरु चयन भईसकेका छन् । उनीहरुको भोली बिहान ११ बजे संसद भवनमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य डा. वेदुराम भुषाल लगायत नेताहरु भोलि सपथ लिएपछि संसद छिर्नेछन् । खतिवडाका विषयमा भने नेकपाभित्र अझैं विवाद रहेका कारण पार्टीले निर्णय लिईसकेको छैन् ।
उनी सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ कोटा मध्येका एक हुन् । उक्त कोटामा नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई सर्वसम्मत रुपमा पठाउने निर्णय गरिसकेको छ । तर प्रधानमन्त्रीको अनिच्छाका कारण यो निर्णय टुगिंसकेको छैन् ।
खतिवडाले दुई वर्ष अगाडी २५ फागुनमा सपथ लिएकाले अझै २५ गतेसम्म खतिवडाको कार्यकाल कायम रहने पनि बताईएको छ । तर यस बारेमा केही बताईएको छैन । कार्यकाल सकिन लागेका सांसदहरुको आज दिउँसो संसद भवनमा सामुहिक तस्विर खिच्ने कार्यक्रम बनाईएको छ ।
त्यसपछि आजै बस्ने राष्ट्रिय सभा वैठकमा बिदाई हुन लागेका सांसदहरुलाई मन्तब्य राख्न दिने तयारी राष्ट्रिय सभाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन