प्रचण्ड विरुद्ध नियोजित र योजनाबद्ध आक्रमण प्रयास

शित्तल शर्मा (प्रत्यक्षदर्शी)

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, ०९ : २६
प्रचण्ड विरुद्ध नियोजित र योजनाबद्ध आक्रमण प्रयास

काठमाडौं । राष्ट्रिय सभा गृहमा हिजो दिउँसो एउटा अप्रिय घटना घट्यो । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथी जुत्ता प्रहारको असफल प्रयास भयो । दिवंगत पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा भरतमोहन अधिकार स्मृति फाउन्डेसनले कार्यक्रम आयोजना गरेको थियो । त्यही कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका थिए–नेकपा अध्यक्ष प्रचण्ड ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल, काँग्रेस नेता शेखर कोइराला, राप्रपा संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई पनि आयोजकले कार्यक्रममा अतिथि वक्ताका रुपमा निम्तो पठाएका थिए ।  त्यसमध्ये शेखर र माधव नेपाल कार्यक्रममा उपस्थित भएनन् । प्रचण्ड र लोहनीमात्र कार्यक्रममा उपस्थित थिए । दुई नेता भरत मोहन अधिकारीकी श्रीमती सविता अधिकारीसँगै मञ्चको पहिलो लहरमा बसेका थिए । पछिल्लो लहरमा अधिकारीकी छोरीहरु मात्र थिए । यदाकदा भरतमोहन अधिकारीबारे गीत बनाएका कलाकारहरु मञ्चमा डाँकिन्थे । नत्र अन्य मञ्चका कुर्सीहरु खाली नै थिए ।

मञ्चको दाहिने तिर नेकपाका स्थायी समिति सदस्यहरु पम्फा भुषाल, जर्नादन शर्मा, लिलामणि पोखरेल, युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, केन्द्रीय सदस्यहरु बलराम बाँस्कोटा, लगायतका नेताहरु थिए । दब्रे साइडमा पत्रकारका लागि स्थान छुटटाईएको थियो । टेलिभिजन पत्रकारहरु पत्रकारका लागि छुटटाईएको लहरको बीच तिरबाट फोटो खिच्ने र कार्यक्रमको समाचार संकलन गर्ने काम गरिरहेका थिए । प्रचण्डमाथी असफल जुत्ता प्रहार गर्न खोज्ने जुम्लाका रतन तिरुवा पत्रकारका लागि छुटटाईएको साइडको दोश्रो लहरको छेउमा बसेका रहेछन् ।

कार्यक्रममा अध्यक्षता गर्दै भरतमोहनकी श्रीमती सविताले भरतमोहनको चर्चा गर्दा उनी भक्कानिएकी थिइन् । त्यसपछि स्वागत मन्तब्य, गित आदी÷इत्यादी प्रस्तुत भए । त्यसपछि बोले प्रकाशचन्द्र लोहनी । उनलाई अतिथी आसन ग्रह्ण गराउँदा उदघोषण गरिरहेकी शान्ति अधिकारी (मनमोहन अधिकारीकी बुहारी) ले राप्रपा सहअध्यक्ष भनेर सम्बोधन गरेकीमा आफनो पार्टीको नाम सच्याउदैं भाषण शुरु गरे । पार्टी टुटफुटले आयोजकलाई नाम के हो ? के हा,े भन्ने परेको पनि हुनसक्ने भन्दै फुटे पनि जुटने र पार्टीभित्र विवाद भए पनि मिल्न सक्ने खुबी नेकपाका माधव नेपाल र प्रचण्डबाट सिक्नु पर्ने धारणा उनले मन्तब्यका क्रममा राखे ।

भरतमोहनका राजनीतिक, आर्थिक र जनतासँगको सम्बन्ध जोडने योजनाका विषयमा उनले कार्यक्रममा चर्चा गरे । लोहनी बोलेपछि प्रचण्ड मञ्चमा बोल्न पुगे ।  उनले भरतमोहनको चर्चा गर्दै भारतमोहनले अर्थमन्त्री हुँदा अगाडी सारेको योजना जेष्ठ नागरिकलाई बृद्धभत्ता दिने देखि आफ्नो गाँउ आफै बनाउन गाँउ गाँउमा बजेट वितरण गरेका कार्यक्रम सम्मको चर्चा गरे ।  प्रचण्डले कम्युनिष्टहरुले मध्यम र निम्न मध्यम वर्गलाई केन्द्रीत गरेर कार्यक्रम ल्याएको र उनीहरुलाई साथ लिएर पपुलर बन्दै जान थालेको विश्लेषणमा साम्राज्यवादी थिंक टंयाक सम्म पुगेको जस्ता विषयमा केन्द्रीत रहेर आफ्ना सम्बोधन गरे ।

आफ्नो सम्बोधन सकेर उनी आफनो आसन स्थानतिर फर्किदै गर्दा त्यही पत्रकारका लागि छुटटाईएको स्थानको दोश्रो लहरमा रहेका तिरुवाले जुत्ता प्रहारको प्रयास गरे । मञ्चसम्म उनले प्रहार गर्न खोजेको जुत्ता पुग्दै पुगेन् । प्रचण्डलाई त अझ आफ्नो आसनतिर फर्किदै गर्दा सुरक्षाकर्मीले तिरुवालाई पक्राउ गरिसकेको थिए, घटनामा आफुलाई आक्रमण प्रयास भएको पनि भेउसम्म थिएन् ।  उनी त्यसपछि मञ्चमा पहिले बसेको स्थानमै बसे । त्यसबेलासम्म तिरुवालाई प्रहरीले नियन्त्रणमा लिईसकेका थिए ।

उनलाई कसैले पिटन खोजेपनि प्रचण्डले मञ्चबाटै नपिटन आग्रह गरेका थिए । त्यसपछि तिरुवालाई प्रहरीले सिंहदरबारस्थित प्रहरी प्रभाग पु¥याएको थियो । सरदर यो घटना जम्माजम्मी आधा मिनेट भित्रै सकिईसकेको थियो ।

नियोजित र योजनाबद्ध घटना
प्रहरीले प्रक्राउ गरेका ब्यक्ति को हुन् ? त्यहाँ यसको जानकारी थिएन । केही बेर पछि प्रहरीले भन्यो, – आक्रमण प्रयास गर्ने ब्यक्ति हुन्, जुम्ला सिंजाका रतन तिरुवा । जनयुद्दमा उनका बाबुले सहादत प्राप्त गरेको र प्रचण्डको वर्गसंर्घषका कुरा चित्त नबुझेर आक्रमण प्रयास गरेको । तिरुवाले त्यस्तो बयान दिएको प्रहरीले सार्वजनिक गरेपनि उनी माओवादी शहीद परिवारको सदस्य नरहेको प्रमाण नेकपा जुम्ला जिल्ला कमिटिका अध्यक्ष विरबहादुर कुंवरले विज्ञप्ती जारी गरेर पुष्टि गरे ।

ति ब्यक्ति रहेछन्, भारतमा गएर उत्तै लापत्ता भएका मनबहादुर तिरुवाका छोरा । उनीकी आमा पनि उनलाई छोडेर अर्काैसँग गएकी । उनी भने अहिले विप्लवको नेकपाका कार्यकर्ता भई हिडेका । पछिल्लो पटक पार्टीभित्र र पार्टी इतर पनि नेकपाका अध्यक्ष प्रचण्डको बढ्दो लोकप्रियता र राजनीतिलाई कमाण्डमा सम्हाल्न सफल हुदंै आएको देखी केही समुह योजनाबद्ध रुपमा लागेको यो घटनाबाट देखिएको छ । 

नेकपाको केन्द्रीय समितिमा प्रचण्डको बढदो लोकप्रियता, एमसिसि प्रकरणमा प्रचण्डको दरिलो अडान र कतिपय राजनीतिक अडानका कारण प्रचण्ड पार्टीमा अब्बल बन्दै गईरहेका थिए । यही बीचमा यो प्रकरण घटाएर बदनाम गर्ने प्रयास मात्र जोडिएको देखिन्छ । सुरक्षामा विशेष ध्यान दिनुपर्ने यो घटनाबाट पनि देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस