काठमाडौं । एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा अल आउट हुँदै १ सय ११ रनमा समेटियो । कप्तान ज्ञानेन्द्र मल्लले ४६ र कुशल मल्ले १९, अभिनास बोहराले १२ र आरिफ शेखले १० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए । ४ ओभरमा सन्दीपले २५ र सुशनले ३७ रन खर्चिए । यस्तै कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । नेपालले अब दुई खेल खेल्न मात्र बाँकी छ ।
यस नतिजासँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अघिल्लो चरणको सम्भावना झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ । अब नेपाल अघिल्लो चरणमा प्रवेश गर्न दुबै खेल फराकिलो अन्तरले जित्नुको साथै विपक्षीको नतिजा पनि नाटकीय रुपमा आफू अनुकुल आउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि