काठमाडौँ । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई आज छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थापामगर मादक पदार्थ सेवन गरी बा२ख ४४६० नंको टिपर चलाउँदै गरेको अवस्थामा र नेपाली लागुऔषध गाँजा सेवन गरी बा१ख २७६८ नंको माइक्रोबस चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
मापसे गरी टिपर चलाएका थापामगर चन्द्रागिरि नगरपालिका–१५ मा उत्तम राउतको घरमा क्षति पु¥याएर फरार रहेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठले बताउनुभयो । गाँजा सेवन गरी माइक्रोबस चलाउने नेपाली तनहुँबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट १५ ग्राम गाँजासमेत बरामद गरेको छ ।
पक्राउ परेका थापामगरलाई मुलुकी अपराध संहिता–२०७४ र लागुऔषध सेवन गरी सवारी चलाउने नेपालीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ फागुन २०७६, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ