सिन्धुपाल्चोक । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन पार्टीको चाहना नभएको बताउनुभएको छ । प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न सिन्धुपाल्चोक पुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकार भेटघाट कार्यक्रममा संविधान संशोधनको चाहना बामदेव गौतमकै भएको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले संविधान संसोधन गर्दा जनतामा नकरात्मक सन्देश जाने भएकाले प्राथमिकतामा नपरेको बताउनुभयो । गौतम राष्ट्रियसभामा जान तयार हुनुभएको र उहाँ छिटै जाने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।
लामो राजनीतिक अनुभव भएकाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले गरेको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्रियसभामा जान संशोधन शर्त बनाउनु भएन भन्ने पार्टीको आग्रहलाई गौतमले मान्नु भयो। बामदेव र नारायणकाजी जस्ता नेताहरु संसदमा पुग्दा संस्थाको इज्जत त धेरै नै बढ्छ।’
पूर्वप्रधानमन्त्री रहेका दाहालले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले फागुन २१ गते एमसीसी मिलिनियम च्यालेन्ज कर्पोरेसनसम्बन्धी प्रतिवेदन बुझाउने जानकारी दिनुभयो। एमसीसी सम्झौता संशोधनसहित पारित गराउने उहाँको भनाइ छ । श्रीलंकाले एमसीसी सम्झौता अस्वीकार गरेको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘५५ अर्व रुपैयाँको निम्ति गलत ढंगले राष्ट्रले सम्झौता नगर्ने बताए। तर एमसीसी पारितै हुन सक्दैन भन्ने हुँदैन ।
सेक्युरिटी प्रेस खरिद सम्वन्धी ७० करोड काण्डबारे सरकारका सम्वद्ध निकायले छानविन थालिसकेको दाहालको भनाईँ थियो। ‘सत्य के हो बाहिर आउनुपर्छ। गलत भेटिए कार्वाही पनि हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०७६, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र नेपालबीच आज पनि भेटवार्ता
सिंहदरवारमा ‘प्रचण्ड’ र माधव नेपालबीच भेटवार्ता हुँदै
‘प्रचण्ड’ र माधव नेपालबीच भेटवार्ता
नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइन: ‘प्रचण्ड’
कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनमा ब्रेक लगाएर एमालेले गलत गर्यो : प्रचण्ड