काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताउनुभयो ।
नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम भएको बताउनुभयो । उहाँले मानवजातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । साहित्य समसामयिक समाजको ऐना भएको बताउँदै उहाँले साहित्य र समाजबीचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । साहित्यले समाजका विकृति एवं विसङ्गतिलाई औँल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले असल साहित्य सृजनामा साहित्यकार क्रियाशिल हुनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न सफलता हासिल गर्ने आफूले विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो । शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पु¥याउने भएकाले यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने महसुस उहाँले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ फागुन २०७६, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी
होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी
महिला अधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली