काठमाडौं । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो। यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो।
कार्यविधिअनुसार दुई निर्वाचन क्षेत्र भएको काभ्रेमा बढीमा १०–१२ वटासम्म सूचना प्रविधि प्रयोगशाला बनाउन सकिन्थ्यो। तर मन्त्रीले दबाब दिएपछि काभ्रेमा ९७ वटा प्रयोगशाला स्थापना गर्नेगरी कार्यक्रम समावेश गरिएको प्राधिकरण उच्च स्रोतले बतायो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ फागुन २०७६, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा
'खाल हारियो, अब लाए अराएको गर्ने, नलाए सुन्ने र ताली बजाउने !' : गोकुल बास्कोटा
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा