काठमाडौँ । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् ।
सरकारले संविधान संशोधनको गृहकार्य गरिरहँदा नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र पालिका राखेर बाँकी संरचना हटाउन उपयुक्त हुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– ‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’
यस्तै, उनले राष्ट्रिय सभा १०५ सिटको बनाइ महिला तथा पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने सुझाव दिएका छन् ।
उनले प्रतिनिधि सभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ४०–६० प्रतिशत अनिवार्य बनाउनु पर्ने बताएका छन् ।
उनले भनेका छन्– ‘राष्ट्रियसभा १०५ सिट, पूरै समावेसी महिला पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ बैशाख २०८३, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा