काठमाडौं । सप्तरीको राजविराजबाट विद्युत् चोरी गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा नं ११ बस्ने श्यामकुमार मण्डल र नारायणप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यता पक्राउ परेका ६ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली २०५९ अनुसार कारवाही गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । यसैबीच जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा भइरहेको विद्युत् चुहावट नियन्त्रणतर्फ नेपाल विद्युत् प्राधिकरण र स्थानीय प्रहरीले सक्रियता देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ फागुन २०७६, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ