काठमाडौं । सप्तरीको राजविराजबाट विद्युत् चोरी गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा नं ११ बस्ने श्यामकुमार मण्डल र नारायणप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यता पक्राउ परेका ६ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली २०५९ अनुसार कारवाही गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । यसैबीच जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा भइरहेको विद्युत् चुहावट नियन्त्रणतर्फ नेपाल विद्युत् प्राधिकरण र स्थानीय प्रहरीले सक्रियता देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ फागुन २०७६, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ